Logo

माधव नेपालले भने–आज गठबन्धनको बैठक बस्नेबारे मलाई थाहा छैन



काठमाडौं, २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आज गठबन्धनको बैठक बस्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । आज साँझ ५ बजे सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भनिएको थियो । तर, पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष नेपालले गठबन्धनको बैठक बस्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् ।

यसअघि आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्रीसमेत रहेको कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच भेटवार्ता भएको र गठबन्धनको बैठक आजै ५ बजे बोलाईएको बताईएको थियो ।

गठबन्धनको बैठकमा सर्वोच्च अदालतभित्रको विवाद र एमसीसीको सम्बन्धमा साझा धारणा बनाउन गठबन्धनमा आवद्ध दलका नेताहरुले नै नेतृत्वलाई दबाब दिईरहेका छन् । प्रचण्डले पनि गठबन्धनको बैठक बसेर न्यायालयभित्रको विवाद समाधानको लागि छलफल गर्ने बताईसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्