Logo

पाँचथर पावर कम्पनीको नाफा १० करोड ३१ लाख



काठमाडौं, २२ कात्तिक । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ३१ लाख रुपैयाँ मुनाफा गरेको छ । कम्पनीले आज चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा ४४.६५ प्रतिशतले बृद्धि भएको छ । गत वर्ष यसैअवधिमा ७ करोड १२ लाख रुपैयाँ मुनाफा कमाएको यस कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी र अन्य श्रोतबाट हुने आम्दानीले गर्दा कम्पनीको मुनाफा बढाउन सफल भएको जनाएको छ ।

गत वर्ष विद्युत् बिक्रीबाट १४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यसअवधिमा १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्