Logo

बाढीपहिरोबाट भएको क्षतिको मुख्य मन्त्रीद्वारा निरीक्षण



हुम्ला, २२ कात्तिक । प्रदेश नं ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरेका छन् । गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६ को एकै घरका ६ जनाको मृत्यु हुनाका साथै चङ्खेली, अदानचुली र ताजाँकोट गाउँपालिकामा आएको बाढीपहिरोले क्षति पु¥याएको थियो।

सिमिकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखलाई मुख्यमन्त्री शाहीले विकास निर्माणमा सडक, खानेपानी, स्वास्थ क्षेत्रलाई पहिलो प्राथमिकता दिन र जनताका सानातिना काम छिटोछरितो गर्नसमेत निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले १४७ परिवारको बस्ती स्थानान्तरण गर्नुपर्ने जानकारी दिनका साथै ४१ घर उच्च जोखिममा रहेका, १४४ परिवारको ३३२५० क्विन्टल अन्नबाली क्षति भएको र १० वटा पशु चौपायाको मरेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्