काठमाडौं, २५ कार्तिक । मूल्यांकनकर्तालाइृ जेल चलान गरेको भन्दै देशभरिका मूल्यांकन कार्य बन्द भएको छ । नेपाल भ्यालुयर्स एसोसिएशनको यही कार्तिक २४ गते बसेको आकस्मिक बैठकले मूल्यांकनकर्तालाई जेल चलान गरेका कारण देशैभरिका मूल्यांकन कार्य बन्द गर्ने निर्णय गरेको छ ।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल भ्यालुयर्स एसोसिएशनअन्तर्गत विरगंज च्याप्टरका सदस्य श्री डाइनामिक कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराएको कागजातहरुका आधारमा मुल्यांकन गरिएको र मालपोत कार्यालयबाट समेत दृष्टि वन्धक एवं रोक्का जस्ता कार्य समेत सम्पन्न भई प्रवाहित ऋण/कर्जा समेत चुक्ता भई सकेको अवस्थामा हाल स्वामित्व सम्बन्धी कागजात नै किर्ते भएको भनि केन्द्रिय अनुसन्धानका नाउँमा हिरासतमा लिएको भन्ने जानकारी प्राप्त हुन आएको छ।’