Logo

मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना पक्राउ



पर्सा, २५ कात्तिक । मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना.२९ प ६७९० नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जना मंगलबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वा बस्ने २२ वर्षीय सुरज सहनी र सोही ठाउँ बस्ने १९ वर्षीय सुजित सहनी रहेका छन् । उक्त मोटरसाइकलको लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा सोही अस्पतालका गार्डले देखी जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराउनासाथ तत्काल वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्