ज्ञानयोग हिन्दु दर्शनका रुपमा परिचित छ । मुख्य रुपमा ज्ञानका ६ ढंग या तरिकाहरु छन् । यी सबै वेदमा आधारित छन् । जो पुर्नजन्मको सिद्धान्तलाई मान्दछन् । सबै मार्गले मुक्तिको नजिक लैजान्छन् । ज्ञानयोगका ६ भाग यसप्रकार छन्ः
१. साङ्ख्य २. योग ३. मीमांसा ४. वैशेषिक ५. न्याय ६. वेदान्त
वेदान्त विधिलाई पनि अद्वैत खथवा द्वैत गरी दुई भागमा बाँडिएको छ ।
साङ्ख्य दर्शनः यो संसारको सबैभन्दा प्राचीन दार्शनिक विधि हो । यसको स्थापना महर्षि कपिलले गरेका थिए । यस विधिमा कुनैपनि व्यक्तिगत भगवानलाई मानिएको छैन् । यसको अनुसार ब्रम्हण्ड पुरुष (आत्मा) र प्रकृति (पदार्थ) लाई अभूतपूर्व शक्ति मानिएको छ ।
योग दर्शन:
योग शब्द मूल रुपमा ‘युज’शब्दबाट निस्किएको हो । जसको अर्थ मिल्नु अथवा सम्मिलित हुनु हो । यसको मूल विचार ‘द्वैत’मा आधारित छ । यसमा संसारका विषयहरुको रुपमा पनि संसारका विषय अथवा वस्तु दुवैलाई मानिन्छ । कुनै सिमासम्म यी कुनै व्यक्तितग भगवान्को बारेमा मौन छन् । राजयोग अथवा हठयोग सबैभन्दा महत्वपूर्ण योग प्रणाली हो ।
मीमांसा दर्शनः
यस दर्शनको प्रमुख प्रतिपादक कुमारिल र प्रभाकर थिए । मीमांसा दर्शनमा मुलतः पुर्नजन्मलाई इन्कार गरएिको छ । मीमांसको अर्थ हो–वेदको प्रारम्भ । यसको वास्ताविक संस्थापक जैमिनी जो ऋषि वेद व्यास थिए । जेमिनीले ‘मीमांसा सुत्र’ नामक पुस्तक लेखे । जो यस दर्शनको सबैभनदा प्रमाणित पुस्तक मानिन्छ ।
वैशेषिक दर्शनः
‘वैशेषिक’ को अर्थ हो विशिष्टता । यो हिन्दु धर्मको आणविक विचार प्रणाली मीमांसा हो । महर्षि कणाद, जसले ‘वैशेषिक दर्शन’ सुत्रको रचना गरे । ब्रम्हाण्ड नौ किसिमका पर्दाथले बनेको मानिन्छ– पृथ्वी, जल, वायु, अग्नि , आत्मा , मन, शन्य (आकाश) र समय या अन्तरिक्ष । यस योग विधिमा भगवान् कतै उद्धरण छैन् ।
न्याय दर्शनः
यो दर्शन मुनि गौतमले प्रतिपादित गरेका थिए । उनले न्याय सुत्र नामक ग्रन्थको रचना गरे । यो विधि मुख्यतः न्यायसम्मत विवेचना हो, जो संसार तथा त्यसको सुन्दरतम प्रकृतिसँग सम्बन्धित छ । यो धेरै वैशेषिक दर्शनसँग मिल्छ ।
वेदान्त दर्शनः
वेदान्तको अर्थ हो वेद को अन्त । यो उपनिषद्मा आधारित छ । जो वेदपछि आएको हो । मीमांसा दर्शन वास्तवमा वेदको प्रारम्ध थियो र पूर्णत वैदिक आदर्शमा आधारित थियो । वेदानत दर्शनको स्थापना ऋषि वादरायणले गरेका हुन् । जसले वेदान्तसुत्र अथवा ब्रशसुत्र नामक पुस्तक लेखे । केदान्तको मूल केनद्रमा भगवान ब्रम्हसुत्र नामक पुस्तक लेले । केदान्तको मूल केन्द्रमा भगवान ब्रम्हम छन् र प्रत्यक प्राणीको आत्मा ब्रम्हाका अतिरिक्त केही पनि छैन, यी दुवै एक–अर्काका लागि हुन् । मानिसको समस्या पाप होइन् । बरु उसको अज्ञानता हो, आफ्नो वास्तविक प्रकृतिबाट अन्जान भएर हामी जीवन–मरणको कहिल्यै समाप्त नहुने चक्रमा फसाइरहेका छौं ।
अद्वैत दर्शन र द्वैत दर्शनका दुई प्रमुख शाखाहरु छन्, जो बेदान्त दर्शनबाट निकालिएका हुन् । अद्वैत दर्शनको सबैभन्दा महान् प्रणेता आदिगुरु शंकराचार्य थिए । यद्यपि उनले जुन टीका खथवा भाष्य उपनिषद्, ‘ब्रम्हसुत्र’ आदि लेखे, त्यसैले वेदान्त दर्शनको नै स्थापना गरेको हो । द्वैतवादको महानता प्रमुख प्णेता रामानुज र माधवाचार्य थिए । शंकाराचार्यको अद्वैत दर्शन यो हो कि सत्य केवल एक हो र ऊ नै ब्रम्हा हो । जबकि रामानुज एवं माधवले यसमा जोड दिए कि परम सतय केवल दुईओटा छन्–एक स्वतन्त्र र दोस्रो निर्भर अथवा परतन्त्र हो । ब्रम्हा स्वतनत्र छन्, तथा पदार्थ र आत्मा ब्रम्हामा निर्भर छन् र उसैद्वारा उनको नियमनको सञ्चालन हुन्छ ।- इडी. विश्वनाथन्को पुस्तक हिन्दु धर्म के हो ? बाट