Logo

टर्कीमा कोरोना संक्रमित बढ्दै, एकैदिन २४ हजार थपिए



एजेन्सी, २६ कात्तिक । नेपालमा केही महिनादेखि घट्दै गइरहेको कोरोना संक्रमणदर फेरी ४ दिनयता बढ्न थालेको छ । १ सयको संख्यामा संक्रमणदर घटेको नेपालमा फेरी बढेर ४ सयको हाराहारीमा पुगेको हो । बिहीबार मात्र ३१७ जना नयाँ संक्रमित थपिएका हुन् ।

केही दिन यता टिर्कीमा पनि संक्रमणदर बढ्दै गइरहेको छ । त्यस्तै, मृत्युदर बढ्दै गईरहेको एजेन्सीले जनाएको छ । पछिल्लो २४ घन्टामा टर्कीमा २४ हजार ८ सय ९८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, एकैदिनमा ११७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै टर्कीमा मृत्यु हुनेको संख्या ७२ हजार बढी पुगेको छ । एजेन्सीको अनुसार हालसम्म टर्कीमा ८३ लाख जना कोरोना संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्