Logo

पर्सा, सर्लाही र रसुवामा कांग्रेस वडा अधिवेशन नहुने, आज १० जिल्लामा मात्रै



काठमाडौं, कार्तिक २७। नेपाली कांग्रेसको विभिन्न १० जिल्लाहरूमा रोकिएका वडा अधिवेशन आजदेखि शुरू भएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकानुसार १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी रहेकोमा पर्सा, सर्लाही र रसुवामा अधिवेशन नहुने समितिले जनाएको छ ।

आज डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा र रौतहटमा वडा अधिवेशन हुदै छ भने सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुदैछ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन ढिलाइ भएका कारण प्रदेश दुईका आठसहित १३ जिल्लामा वडा अधिवेशन ढिलो गरी शुरु भएको छ ।

कांग्रेसको ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेस मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीमा जुटेको छ ।



प्रतिक्रिया दिनुहोस्