Logo

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ



मोरङ, २८ कात्तिक। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ रानीबस्तीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्