Logo

बारको विरोधमा उत्रिएका २० जना पक्राउ



काठमाडौं, २९ कात्तिक । नेपाल बारको नेतृत्वमा हुँदै आएको आन्दोलनको विरुद्धमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सर्वोच्च अदालतको गेट बाहिर प्रदर्शनमा उत्रिएका २० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कानुन व्यवसायीहरुले जबराविरुद्ध आन्दोलनमा उत्रिएपछि केही दिन यता उनका समर्थकहरुले पनि प्रदर्शन गर्दै आएका छन् । समुहले सोमबार पनि सर्वोच्च अगाडी प्रदर्शन गरेको हो । उनीहरुले मुद्दाको सुनुवाई नुहँदा सेवाग्राही थप मर्कामा परेको भन्दै आन्दोलित भएका हुन् ।

बारको आन्दोलनको विरोध गर्न आइतबार (हिजो) २ समुह सडकमा निस्किएका थिए । प्रहरीसँगको झडपपछि ५५ जना भन्दा बढी आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्