काठमाडौं, ३० कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई शाखा एकैदिन विस्तार गरेको छ । बैंकले झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको हो ।
दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।