Logo

बारसँगको छलफलमा न्यायाधीशहरु को अनुपस्थित को उपस्थित



काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विद्रोहमा उत्रिएका न्यायाधीशहरुमध्ये ५ जना न्यायाधीशले साथ छाडेका छन् । उनीहरु आज नेपाल बार एशोशिएसनसँगको छलफलमा अनुपस्थित भए ।

नयायाधीशहरु तेजकुमार केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल बारसँगको छलफलमा अनुपस्थित भएका हुन् । उनीहरु न्यायाधीशहरु इजलास बहिष्कारको निरन्तरताको विपक्षमा देखिए ।

न्यायाधीशहरुको विद्रोहप्रति ऐक्यवद्धता जनाउने न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिकामा छन् । उनले पनि न्यायाधीशहरुको विद्रोहप्रति ऐक्यवद्धता जनाइसकेका छन् ।
सर्वोच्चमा १९ जना न्यायाधीश छन् । जसमध्ये ५ जनाले विद्रोही न्यायाधीशहरुको साथ छाडिसकेका छन् ।

आज बारसँगको छलफलमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल र नहकुल सुवेदी सहभागी छन् । यी न्यायाधीशमध्ये पनि केही इजलासमा फर्कनुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्