गमगढी, ३० कात्तिक । मध्यराति मुगुको गमगढीमा आगो दन्कियो । स्थानीयको घरमा पूजाका लागि बालिएको दियोबाट सुरु भएको आगलागीले दर्जनौं घरमा छोइसकेको थियो ।
मानिसहरुको भागदौड मच्चियो । रुवाबासी चल्यो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनता एकजुट भई आगो निभाउन थाले । निकै मिहेनतपछि आगो निभ्यो । ठन्डीको मौसममा आगो दन्किएको थियो ।
घटनामा ठूलो क्षति भएको छ । तर, आगो नियन्त्रणमा लिन सफल हुँदा कुनैपनि मानवीय क्षति भएन ।
मिति २०७८/०७/३० गतेको विहान ००३० बजे मुगु जिल्ला छायाँनाथ न.पा.-१, गमगढी सदरमुकाममा स्थानीयको घरमा पूजाको लागि बालिएको दियोबाट शुरु भएको आगलागी नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय जनता र प्रशासनको संयुक्त प्रयासमा नियन्त्रणमा लिईएको छ । #NAinFireFighting pic.twitter.com/IAszEZX1vI
— Nepali Army (@thenepalesearmy) November 16, 2021