Logo

मुख्यमन्त्री राईले पाए विश्वासको मत



काठमाडौं, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री राईले प्रदेश सभाको आज बसेको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो ।

राईले राखेको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको थियो । सोही मत नै बहुमत रहेकोले सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् । बैठकमा आज ७९ जना सांसद उपस्थित रहेकोमा प्रस्तावका पक्षमा ५० मत र विपक्षमा २९ मत परेको थियो ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्ने भएकोले राईको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।



प्रतिक्रिया दिनुहोस्