Logo

महेश आचार्यले उपसभापतिमा उम्मेद्धवारी दिने



काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले आगामी महाधिवेशनमा उपसभापतिमा उम्मेद्धवारी दिने भएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा आचार्यले आफूले उपसभापतिमा उम्मेद्धवारी दिने सम्पूर्ण तयारी गरिसकेको जानकारी दिए । उनले उपसभापतिमा उम्मेद्धवारी दिनेगरि निकट नेताहरुसँग छलफल गरिसकेको पनि जनाए ।

आचार्यले अर्थमन्त्री हुँदा धेरै राम्रो काम गरेका थिए । उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रभावित नेताको रुपमा परिचित छन् । उनी पार्टीमा बौद्धिक नेताको पनि परिचित छन् । आम कांग्रेसी युवा पँक्तिलाई समेत उनले विचार र निष्ठाको राजनीति गर्न सुझाव दिएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्