Logo

बारको आन्दोलनमा दमन गरिएको भन्दै भीम रावल सरकारसँग असन्तुष्ट



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले न्यायालय विवादबारे राज्य र सरकार सञ्चालकहरु मौन बसेकोमा आपत्ति जनाएका छन् । उनले न्यायालयको काम ठप्प हुाँपनि राज्य र सरकारका सञ्चालकहरु रोम जलिरहँदा बासुरी बजाईरहने निरोझैं देखिन थालेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-“प्र।न्या।को राजीनामा माग्दै सर्वोच्च अदालतमा न्यायाधीशहरूको भद्र अवज्ञा,वकिलहरूको आन्दोलन र न्यायालयमा बन्दुकधारी सुरक्षाकर्मी र वाह्य दादाहरूको प्रवेश र काम ठप्प हुँदा पनि राज्य र सरकारका सञ्चालकहरू रोम जलिरहँदा बासुरी बजाइरहने निरोझैं देखिनथालेका छन्।दमन समस्याको समाधान होइन।”



प्रतिक्रिया दिनुहोस्