Logo

राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने



काठमाडौं, २ मंसिर । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगलाई माघ १२ गते गर्नको लागि राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको हो ।

राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाली आगामी फागुन २० गते समापन हुँदैछ । तीमध्ये १९ जना सांसदको चुनाव हुन्छ । रामनारायण बिडारी भने राष्ट्रपतिबाट मनोनित भएका थिए । निर्वाचन आयोगले यसअघि गरेको आग्रहअनुसार सरकारले आज राष्ट्रिय सभाको मिति घोषणा गरेको हो । file photo



प्रतिक्रिया दिनुहोस्