Logo

लयमा फर्किन लागेको न्यायालयमा फेरि भाँडभैलो मच्चाउन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सक्रिय, बार आन्दोलन चर्काउन निवासमा गोप्य बैठक



काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको र न्यायालय लयमा फर्किन लागेको बेला पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले फेरि न्यायालयमा भाँडभैला मच्चाउनेगरि आफूलाई सक्रिय बनाएका छन् ।

आजमात्रै सर्वोच्च अदालतको फूलकोर्ट बैठक बसेर गोलाप्रथामा इजलास तोक्नेगरि नियामावली बनाउने सहमति भएसँगै जनताले अब न्यायालय सुचारु हुने विश्वास लिएका थिए । तर, बारको आन्दोलन कमजोरमात्रै नभएर तुहिने र आफ्नो साखः गिर्ने भन्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले बारको आन्दोलन थप चर्काउनेगरि आफूलाई सक्रिय तुल्याएको अदालतनिकट उच्च स्रोतको दाबी छ ।

आज श्रेष्ठको निवासमा न्यायाधीशहरुसहितको गोप्य छलफल भएको उच्च स्रोतको दाबी छ । उक्त छलफलमा बारका पदाधिकारी र न्यायाधीशहरुको सहभागिता रहेको बताईएको छ । जनताको आस्थाको केन्द्र सर्वोच्च अदालतभित्र राजनीति छिराएर अस्तव्यस्त बनाउनमा श्रेष्ठले नै महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको आलोचना हुने गरेको छ ।

जबराले विद्रोही न्यायाधीशहरुलाई यसरी गलाए

पछिल्लो समय बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गर्नुमा पनि श्रेष्ठकै मुख्य हात रहेको छ । श्रेष्ठमाथि युरोपियन युनियनसँग निकट रहेको र सोहीअनुसार नेपालको अदालतमा एजेण्डा सेट गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

कतिपय बरिष्ठ अधिवक्ताहरुले पछिल्लो समय कल्याण श्रेष्ठले न्यायालयमा गलत उद्देश्य राखेर भाँडभैलो मच्चाएको भनेर आक्रोशसमेत पोखेका छन् भने कतिपयले भने श्रेष्ठले मानवअधिकारको अध्यक्ष नपाएसम्म यो आन्दोलन र अदालतमाथिको प्रहार जारी नै पनि टिप्पणी गरेका छन् ।

आजमात्रै पनि श्रेष्ठको कुपण्डोलस्थित् निवासमा भएको छलफल अहिले भर्खरै राति १० बजेमात्रै सम्पन्न भएको बुझिएको छ । श्रेष्ठले न्यायालयमा आफूनिकट व्यक्तिहरुलाई न्यायाधीश बनाउनेपनि तानाबुना गरिरहेको बुझिरहेको छ ।

श्रेष्ठ सेवानिवृत्त भएर पनि किन यसरी अदालतमा अस्थिरता निम्त्याउनको लागि खेलिरहेका छन् ? भनेर कतिपय विद्धानहरुले सार्वजनिक रुपमै बोल्ने गरेका छन् । file photo

सर्वोच्च अदालतको फूलकोर्ट बैठक सम्पन्न, गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास

 



प्रतिक्रिया दिनुहोस्