Logo

न्यायाधीशहरुबीच चर्काचर्की, गोलाप्रथा प्रणाली रोक्ने खेल असफल



काठमाडौं, ३ मंसिर । सर्वोच्च अदालतको फूलकोर्टले गोलाप्रथा लागू गर्ने निर्णय गरी कानूनी प्रक्रिया पूरा गर्न खोज्दा अर्को खुलासा भएको छ । विद्रोही न्यायाधीशहरुकै मागबमोजिम गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेपनि प्रधानन्यायाधीशको लाइनमा बसेकाहरुले लागू नगर्ने तरिका अपनाउन खोजेको खुलेको हो ।

स्वचालित प्रणालीबाट इजलास तोक्ने परम्पराको थालनी भएपनि आफू प्रधानन्यायाधीश हुँदा अदालतमा वर्चश्व राख्न नसकिने देखेर केही न्यायाीशहरुले माइन्युटमा शब्दमा खेल्न खोजेको खुलेको हो । गोलाप्रथाबाट इजलास तोक्ने शब्दको साटो प्रक्रिया मिलाउने र गोलाप्रथासम्बन्धी विस्तृत अधययन गर्ने गरी अध्ययन गर्ने गरी राजपत्रमा प्रकाशित गर्ने भन्ने भाषा प्रयोग गरियो । यसको खुलासा भएपछि किर्ते गरेको भन्दै न्यायाधीश अनिलकुमार सिन्हाले आवाज उठाएको बुझिएको छ ।

सिन्हाले प्रश्न गरेपछि कस्ले माइन्यूटमा शब्दमा खेल्यो भन्ने मुख्य रजिष्टार लालबहादुर कुँवरले पोल खोल्दै दिपक कार्की र आनन्दमोहन भट्टराईको नाम लिएका थिए । माइन्यूटमा निर्णयभन्दा फरक वाक्यांश राखेको विषयमा न्यायाधीशहरु बीच नै चर्काचर्की परेको बुझिएको छ ।

कार्की र भट्टराईले परिवर्तित वाक्यांशको बचाऊ गर्न खोजे । तर, सिन्हासहित बमकुमार श्रेष्ठ र हरि फुयाँलले समेत प्रश्न उठाएको विश्वस्त स्रोतले बतायो ।

न्यायाधीशहरुबीच गोलाप्रथाको वाक्यांश राख्नेबारे चर्काचर्की परेको थियो । स्वचालित प्रणाली लागू गर्नेमा बहुमत न्यायाधीशहरु देखिए । दिपक कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत भने फूलकोर्टले गरेको गोलाप्रथा र स्वचालित इजलास तोक्ने प्रणाली हुबहु राख्न नहुनेमा देखिए ।

न्यायलयमा सेटिङ गरी मुद्दामा खेल्नेहरुका लागि गोलाप्रथा चुनौती बनेको छ । पहिल्यै कस्को इजलासमा कुन मुद्दा राख्ने र कस्तो फैसला गर्ने सेटिङ बनाएर केही न्यायाधीश र वकिलहरुले खेल्ने गरेका थिए । अब गोलाप्रथाले यो अन्त गर्ने देखेर खैलाबैला मच्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्