काठमाडौं, ३ मंसिर । दीपेन्द्र कँडेल इनिसिएटिभको सचिवालयको कार्यकारीमा ईटालियन नागरिक रोबर्टा पोम्पिली नियुक्त भएकी छिन् । यही नोभेम्बरबाट काममा संलग्न हुनेगरि उनलाई नियुक्त गरिएको उक्त संस्थाका संस्थापक एवम् कार्यकारी पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले जनाएका छन् ।
संस्थाको उद्देश्य र लक्ष्य पूरा गर्नको लागि उनले उक्त पदमा रहेर महत्वपूर्ण योगदान पुर्याउने पनि संस्थाले विश्वास लिएको छ । पोम्पिलीले विश्वप्रसिद्ध विश्वविद्यालय लण्डन स्कुल अफ ईकोनोमिक्समा अध्ययन गरेकी हुन् । उनीसँग द्धन्द्ध व्यवस्थापन र लैंगिक विषयलगायतका खोज तथा अनुशन्धानमूलक गोष्ठीमा भाग लिएको अनुभवसमेत रहेको छ ।
संस्थाका प्रमुख ईं दिपेन्द्र कँडेलले रोबर्टालाई उक्त जिम्मेवारीमा नियुक्त गर्न पाउँदा र संस्थामा स्वगत गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । उनले रोबर्टा संस्थाको कार्यकारी पदमा रहेर काम गर्ने कर्मचारी मात्रै नभएर आफूहरुको परिवारको सदस्यको रुपमा रहने पनि विश्वास दिलाएका छन् । र, उनले खेल्ने भूमिकाले संस्थाको स्तरोन्नती र यसले लिएको लक्ष्य द्रुततर गतिमा हाँसिल गर्नको लागि ठूलो टेवा पुग्ने पनि कँडेलको भनाई छ ।