Logo

प्रकाशमान र शेखरबीच के के कुरा भयो



काठमाडौं, ३ मंसिर । नेपाली काँग्रेसको सभापतिका आकांक्षी दुई प्रभावशाली नेताहरुबीच महत्वपूर्ण भेटवार्ता भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको हो ।

सिंह निवास चाक्सीबारीमा आज भएको भेटमा दुवैले शक्तिबाँडफाँडबारे कुराकानी गरेका थिए । सिंहले कोइराला परिवारलाई प्रधानमन्त्रीसहित महत्वपूर्ण पदको प्रस्ताव गरेका छन् । कोइरालाले पनि सिंहलाई प्रधानमन्त्रीको प्रस्ताव गरे । तर, दुवैबीच ठोस सहमति निस्किएको छैन ।

पछिल्लो समय सिंह आक्रामक बन्दै गएका छन् । उनी सभापतिको उम्मेदवारीबाट पछि नहट्ने गरी बढेका छन् । कोइराला परिवारबाट सशांक, शेखर र सुजाता तीनैजना सभापतिका आकांक्षी छन् । कोइराला परिवार नै एक हुन नसकिरहँदा सिंहलाई मिलाउने प्रयास सजिलो भने छैन ।

काँग्रेसभित्र अधिवेशनहरुको नतिजाले देउवापछि सिंह शक्तिशाली बन्दै गएका छन् । कोइराला परिवारका सदस्यहरु एक्ला एक्लै हुँदा अरुभन्दा कमजोर छन् । तर, एक भएमा उनीहरु मजबुत हुनसक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्