Logo

यथास्थितिमै एमसीसी पास गराउन प्रचण्ड सकारात्मक, थाले पार्टीमा गृहकार्य



काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा नै संसद्बाट पारित गर्न सकारात्मक भएका छन्। हिजो मात्रै प्रचण्डसँग अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटावार्ता गरेका थिए ।

उक्त भेटमा लुले नेपालले एमसीसी पास नगर्ने भए अर्को मुलुकलाई दिने चेतावनी दिएको बुझ्नमा आएको थियो । लुसँगको भेटवार्तालगत्तै प्रचण्डले आफूनिकट नेताहरुसँग एमसीसी अब धेरै रोकेर राख्न नहुने र संसद्को यही अधिवेशनबाट पारित गर्नुपर्ने धारणा राखेको स्रोतको दाबी छ ।

माओवादी केन्द्रनिकट उच्च स्रोतका अनुसार दाहालले एमसीसीलाइृ धेरै राजनीतिकरण गरेर गिजोल्ने काम भएको भन्दै अब धेरै विवादमा राख्न नहुने धारणा राखेका छन् । उनले आफू एमसीसीको विरोधी नभएको पनि प्रतिक्रिया दिन थालेका छन् । तर, पार्टीभित्रका केही नेताहरुले यसको चर्को विरोध गरेको भन्दै अब यसलाई पनि सेटल गर्नतिर लाग्ने उनको भनाई रहँदै आएको छ। एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड दुवैले अमेरिकालाई पत्र पठाईसकेका छन् । यो कुरा स्वयम प्रधानमन्त्री देउवाले खुलासा गरेका थिए । दाहालले एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवालाई

उता, अमेरिकाले एमसिसी ऋण नभएर अनुदान भएको बताएको छ। लुले पनि यही कुरा हिजो दाहालसँगको भेटवार्तामा दोहोर्याएका थिए । उनले भनेका थिए,‘संसारका थोरै मुलुकले मात्रै यो पाएका छन्। पैसा केमा खर्च गर्ने भन्ने सम्बन्धित देशका सरकारले नै छानेका छन्। अनुदान लिने कि नलिने निर्णय गर्न नेपाल सार्वभौम छ, तर धेरै ढिला भयो भने पैसा अन्त जान सक्छ।’ file photo



प्रतिक्रिया दिनुहोस्