Logo

पशुपतिमा रामदेवको योग ध्यान प्रशिक्षण



काठमाडौं, मंसिर ५ । योगगुरु बाबा रामदेवले आज बिहान पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविर प्रशिक्षण दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आज बिहान सम्पन्न उक्त योग शिविरमा मन्त्री प्रेमबहादुर आलेसहित आचार्य बालकृष्णसहितको उपस्थिति रहको थियो ।

योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण दिएका थिए । शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए ।

बाबा रामदेव तथा आचार्य बालकृष्ण आजै नेपाल वायुसेवा निगमको नियमित उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्