Logo

बारको आन्दोलनमा कानून व्यवसायीले मागे गृहमन्त्री खाँणको राजीनामा



काठमाडौं, ५ मंसिर । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरी प्रशासन प्रयोग गरेको भन्दै नेपाल बारको आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले गुहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।

बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा मागेर पछिल्लो समय निरन्तर आन्दोलन गरिरहेको छ । शान्तिपूर्ण धर्नामा प्रहरी प्रशासन लगाएर बल प्रयोग गरिएको भन्दै बारले यसअघि पनि अदालत परिसरबाट प्रहरी हटाउन सरकारसमक्ष माग गरेको थियो ।

बारका उपाध्यक्ष ईश्वरी भट्टराईले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै गृहमन्त्री खाँणको विरुद्धमा नारा लगाएका थिए ।

उनले ‘गृहमन्त्री राजीनामा देऊ’ भनेर नारा लगाएपछि आन्दोलनकारी वकिलहरुले त्यही नारा घन्काएका थिए । बारले भोलि संसदमा प्रतिनिधित्व गर्ने सबै दललाइ ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।



प्रतिक्रिया दिनुहोस्