Logo

भीम रावलले अहिले ३ बजे रिपोर्टर्स क्लबबाट अध्यक्षमा उम्मेद्धवारी घोषणा गर्ने



काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने भएका छन् । त्यसको लागि रावलले आज दिउँसो ३ बजे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्ने भएका हुन् ।

यसअघिपनि रावलले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आफूले अध्यक्षमा उम्मेद्धवारी दिनेगरि तयारी थालिसकेको बताएका थिए । एमालेको दशौं महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

पार्टी केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधिहरुको डिजिटल आईडी तयार पारिसकेको छ । रावल पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् । १० बुँदे सहमति कार्यान्वयनमा ओलीले राम्रो भूमिका नखेलेको उनको गुनासो रहँदै आएको छ। भीम रावल लामो समयदेखि माधव नेपालको साथमा उभिँदै आएका थिए । तर, नेपालले पार्टी विभाजन गर्ने बेलामा भने उनी साथ छोडेर एमालेमै रहेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्