काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालतले कजलिष्टमा केही परिर्वतन गरेको छ । सुरुवातमा बन्दी प्रत्यक्षीकरणको रिटलाई अन्तिममा राखेर पेसी तोकेको सर्वोच्चले कजलिष्टमा परिवर्तन गरेको हो ।
सामान्यतया बन्दी प्रत्यक्षीकरण, तमेली, मिलापत्रलगायतलाई मुद्दा पेसीको अग्रभागमा राखिन्छ । तर, आइतबार भने एक नम्बरमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाईका लागि पेशी तोकिएको थियो ।