काठमाडौं, ५ मंसिर । सामाजिक अभियन्ता तारा बराल नेपाल बारको अगाडी महिलालाई दुर्ब्यवहार गर्ने र अपशब्द बोल्ने वकिलहरुलाई कारवाही लगायत ४ वटा माग राख्दै आमरण अनशनमा बसेकी छिन् ।
सर्वोच्च अदालतलाई पुर्ण रुपमा तत्काल सुचारु गरियोस्, एमसीसी पुर्ण रुपमा खारेज गरियोस्, नागरिकता विधेयक पुर्ण रुपमा खारेज गरियोस् जस्ता ४ वटा माग राखेर बरालले केही दिनदेखि अनसन शुरु गरेकी हुन्।
बरालको नेतृत्वमा पहिलोपटक भद्रकालीमा अनशन बस्न खोज्दा प्रहरीले ५ जनाको टोलीलाई उक्त स्थानबाट हटाएको थियो ।