बझाङ, ५ मंसिर । बझाङमा ७७ वर्षीया एक वृद्धाको प्रहरी हिरासतमा मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया बिष्णादेवी रावलको हिरासतमै शनिबार मृत्यु भएको हो । रावल हिरासत कक्षमै बेहोस भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक विष्णादेवीकी बुहारीको ७ कात्तिकमा झुन्डिएर मृत्यु भएको थियो । माइती पक्षले आमा र छोरा मिलेर हत्या गरेको आरोप लगाउँदै उजुरी दिएपछि उनी २ सातादेखि प्रहरी हिरासतमा थिइन् । उजुरीपछि विष्णादेवी र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा २९ कात्तिकमा पक्राउ परेका थिए ।