Logo

हतियारसहितका दंगा प्रहरी सर्वाेच्चबाट फिर्ता, आज राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै बार



काठमाडौं, मङ्सिर ६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आजपनि आन्दोलन जारी राखेका छन् । कार्तिकदेखि आन्दोलन गर्दै आएका कानुन व्यवसायी र प्रहरी बीच दैनिक घम्साघम्सी र धकेला धकेल हुँदै आएको छ ।

गृह मन्त्रालयले अदालतमा व्यापक प्रहरी परिचालन गरेपछि आन्दोलित कानुन व्यवसायी थप आक्रोसित बन्दै गएका छन् । शान्तिपूर्ण आन्दोनमा प्रहरी हस्तक्षेप भएको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँडको राजीनामाको समेत आवाज उठाएका छन् ।

आजभने गृह मन्त्रालयले अदालत परिसरबाट दंगा प्रहरी हटाइएको छ। आज सर्वोच्च परिसरमा हतियारसहित सुरक्षामा खटाइएका फ्रन्टलाइनका सुरक्षाकर्मी हटाइएको छ । यसअधि एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध जनाउँदै आएको थियो ।

त्यस्तै, आज नेपाल बार एसोसिएसनले राजनीतिक दलहरुलाईसमेत ज्ञापनपत्र बुझाउँने कार्यक्रम रहेको छ । बारले संसद्‍मा रहेका सबै राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउन लागेको हो।



प्रतिक्रिया दिनुहोस्