काठमाडौं, ६ मंसिर । कोरोना भाइरस महामारीको कारण लामो समयदेखि बन्द भएकोे काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन हुने भएको छ ।
नेपालको वायुसेवा निगमलाई ५६ वटा उडान भर्न भारतले गरेको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले ०७६ चैत्र अघिकै अवस्थामा भएका उडान सुचारु गर्न प्रस्ताव पठाउने निर्णय गरेको हो ।
उडान गर्ने अनुमति दिएपछि नेपाल–भारतका निजी वायुसेवाले पनि उडान भर्न पाउने भएका छन् । काठमाडौंबाट बनारस उडान गर्दै आएको बुद्ध एयरले पनि उडान भर्न पाउने भएको छ । त्यस्तै, भारतीय वायुसेवा निगमलगायतका वायुसेवाले पनि उडान भर्न पाउने भएका छन् ।