Logo

नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्रै देशले सही बाटो समात्छ : गगन थापा



काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन्। थापाले भनेका छन्–‘आज देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु ।’

थापाले नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्रे देशले सही बाटो समात्ने दाबी गरेका छन् । उनले भनेका छन्–‘पटक पटक प्रमाणित भएको सत्य के हो भने नेपाली कांग्रेसले सही बाटो समात्यो भनेमात्रै देशले सही बाटो समात्छ, अन्यथा फेरि पनि राजनीतिक गोलचक्कर समाप्त हुनेछैन् ।’ file photo

उनको अपिल जस्ताको त्यस्तै :



प्रतिक्रिया दिनुहोस्