Logo

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकियो



काठमाडौं, मंसिर ७ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि १० इजलास तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले आजका लागि एक एकलसहित नौ संयुक्त इजलास तोकेका हुन् । दश इजलासमा ५९२ मुद्दामा पेशी तोकिएको सर्वोच्चले जनाएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका छन्। साथै, प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोकिएको सर्वोच्चले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्