Logo

कांग्रेस नेता बानियाँ महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित भएका छन् । बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा कुल ७ सय ४८ मत मध्ये सर्वाधिक ६ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।



प्रतिक्रिया दिनुहोस्