Logo

ईन्द्र बानियाँ महाधिवेशन प्रतिनिधिका लागि सर्वाधिक मतसहित निर्वाचित



काठमाडौं, ७ मंसिर । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सन्दर्भमा भएको प्रतिनिधिसभा क्षेत्रअन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ बाट ईन्द्रबहादुर बानियाँ सर्वाधिक मतसहित विजयी भएका छन्। आज (मंगलबार) सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानबाट प्रत्यक्ष खाल्लातर्फ बानियाँ सर्वाधिक मतसहित निर्वाचित भएका छन् । उनले ६७६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली, अमृतकुमार लामा जिल्ला उपसभापति विष्णु कुमार लामिछाने, दिनेश उपाध्याय, पुर्व सभापति रघु रमण न्यौपाने, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, जिल्ला सल्लाहकार प्रभात कुमार दाहाल, राम बाबू बानियाँ र ताराचन्द्र बजगाईं विजयी भएका छन् ।

यसैगरी खुल्ला महिलातर्फ उर्मिला पुलामी, पवित्रा बिक, अन्जना उपाध्याय र मिरा बन्जारा विजयी भएका छन् । यस्तै प्रत्यक्ष जनजाती खुलातर्फ भएको मतदानबाट चम्पुरत्न लामा, अशोकराज शाक्य शुभात थिङ विजयी भएका छन् । यसैगरी क्षेत्रीय समितिको सचिवमा दोर्जे लामा स्याङ्तान र कविन संगामी विजयी भएका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्