Logo

देउवाले प्रचण्डलाई ‘पाँच वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको’ खुलासा



काठमाडौं, ७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासा गरेका छन् । उनले लेखेरै पाँच वर्ष प्रधानमन्त्री बन्न विगतमा देउवाले गरेको प्रस्ताव अस्वीकार गरेको समेत बताए ।

‘देउवाजीले पाँच वर्ष प्रधानमन्त्रीको प्रस्ताव गर्दा मैंले मानिनँ,’ प्रचण्डले पार्टी निकट शिक्षकहरुको सम्मेलनमा बोल्दै भने,‘पछि मैंले नै देउवाजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुपर्यो ।’ आफूले सिद्धान्तको राजनीतिका लागि देउवाको विगतको प्रस्ताव अस्वीकार गरेको बताए । त्यसप्रति प्रचण्डले गल्तीको महशुश समेत गरेको सुनाए ।
प्रचण्डले भने,‘देउवाजीलाई धन्यवाद छ, मैंले जस्तो अस्वकिार गर्नुभएन । उहाँ प्रधानमन्त्री बन्न मान्नुभएन ।’

प्रचण्डले भने,‘सबै मन्त्री आफ्नै हुने र प्रधानमन्त्री बन्ने । वैचारिक आस्था जनताको अगाडि गरिएको प्रतिवद्धता र निष्ठाका तोडेर जान मानिनँ ।’ अहिले घुम्दै देउवाजीलाई प्रधानमन्त्री बनिदिनुहोस् म बाहिर बस्छु भन्ने अवस्था आएको सुनाए ।

प्रचण्डले राजेन्द्र महतोको नामै तोकेर मधेशको दलाल भने । उनले महतोको चर्को आलोचना गरे ।

आफू माओवादी नेतृत्व हस्तान्तरण गर्न तयार भएको तर बेला नभएको बताए । उनले भने,‘कहिलेकाहीं अनुभवबारे किताब लेखेर बसौं जस्तो लाग्छ ।’

प्रचण्डले माओवादीको १० लाख कार्यकर्ता पुग्न लागेको दाबी गरे । उनले माओवादी अझ शक्तिशाली बन्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्