काठमाडौं, ८ मंसिर । नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पूर्व उपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।
उनी पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए । उनले अमेरिका, भारत र चीन गएर आफ्नो रोगको उपचार गराएका थिए । तर, त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्किएका थिए । उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व महासचिवसमेत थिए । रासस