Logo

न्यायिक प्रक्रियामा अवरोध नगर्न र वार्ताबाट समाधान खोज्न सरकारी वकिल समाजको आग्रह



काठमाडौं, १० मंसिर । सरकारी वकिलहरुको समाजले समग्र न्यायीक प्रक्रियामा अवरोध नगर्न आग्रह गरेको छ । समाजले आज एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका छन् । समाजले नेपाल बारको आन्दोलनलाइ शान्तिपूर्ण रुपमा कानूनी र संबैधानिक मार्गबाट समाधान खोज्न आग्रह गरेको हो ।

नेपालका सरकारी वकिलहरुको समाजले सर्वोच्चमा जारी गतिरोधको समाधान वार्ता र संवादबाट मात्रै निस्कन सक्ने भन्दै उचित मार्ग खोज्न आग्रह गरेको हो । समाजद्धारा जारी विज्ञप्तिमा संबैधानीक र कानूनी मार्गबाट अदालतमा जारी गतिरोधको समाधानमा जान सम्बन्धित सबै पक्षलाइ आग्रह गरेको छ ।

न्यायिक प्रक्रियामा प्रभाव पार्नेगरी बारले आन्दोलन गरेको भन्दै चौतर्फी आलोचना भैरहेको बेलामा समाजले बारलाई वार्ताबाट समाधान खोज्न सुझाएको हो । नेपाल बारको आन्दोलन वार्ताबाट र संबैधानिक मार्गबाटै निकास खोज्न समाजले सबै पक्षसंग आग्रह गरेको छ ।

समाजले अदालत परिसरभित्र प्रहरी र कानून व्यवसायीहरुबीच भीडन्त हुने अवस्था सिर्जना हुनुपनि उचित नभएको टिप्पणी गरेको छ । यसैगरी, अदालतभित्र गालिगलौजको भाषा प्रयोग हुन पनि न्यायाीक इतिहासमै गलत अभ्यास भएकोप्रति समाजले चिन्ता व्यक्त गरेको छ ।

समाजले प्रधानन्यायाधीश, न्यायाधीस र नेपाल बारका पदाधीकारीलाइ जारी गतिरोधको अन्त्यका लागि मिलनविन्दुमा आउन र न्यायिक प्रक्रियामा अवरोध सिर्जना हुने कार्यको समाधान निकाल्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्