Logo

पुटिनले डिसेम्बरमा भारत भ्रमण गर्ने



एजेन्सी, १० मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण तय भएको छ । उनी ६ डिसेम्बरमा नयाँ दिल्ली पुग्ने भएका छन् ।

भारत रुस समिटमा भाग लिन पुटिन दिल्ली पुग्ने जनाइएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले भ्रमणबारे जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

रुस र भारतबीच प्रगाढ सम्बन्ध छ । दुवै देशबीच हरेक वर्ष समिट हुने गरेको छ । अब हुने २१औं समिट हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्