Logo

अग्नि परिक्षामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली



काठमाडौं, ११ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले भोली (आईतबार) युएई सँग प्रतिस्पर्धा गर्दैछ ।

भोलीको खेल नेपालको लागि निकै महत्वपुर्ण रहेको छ । यस खेललाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको अग्नि परिक्षाको रुपमा समेत हेरिएको छ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले भोलीको खेल जितेर मात्र पुग्नेछैन् नेट रनरेटमा समेत भर पर्नुपर्ने छ ।

६ टिम सहभागी प्रतियोगितामा एक टिम मात्र ग्लोबल छनोटका लागि स्थान बनाउने छ ।

अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

साथै, नेपाल र हङकङले चारखेल खेल्दै तिन÷तिन जित निकाल्दै समान ६–६ अंक जोडेका छन् । तर, नेट रनरेटका आधारमा भने नेपाल अगाडी रहेको छ ।

हङकङले पनि अन्तिम खेल आईतबार कुवेत विरुद्ध खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्