Logo

एमाले सचिव भीम आचार्यमा कोरोना संक्रमण पुष्टि, आईसोलेसनमा बसे



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का सचिव भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । पार्टीको १०औं महाधिवेशनमा सहभागी भएका आचार्यलाई हिजोबाट ज्वरो आएपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी अहिले सौराहास्थित् सेभेन स्टार होटलमै आइसोलेसनमा बसेका छन् । उनलाई अहिले चिकित्सकको निगरानीमा राखिएको छ । पार्टीको महाधिवेशनको आज दोस्रो दिन । केहीबेरमै बन्दसत्र सुरु हुँदैछ । तर, अहिलेसम्म बन्दसत्रको सुरु हुन भने सकेको छैन् ।

सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने एमालेको तयारी छ । तर, भीम रावलले आफूले कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने अडान लिइसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्