Logo

फेशबुकमार्फत घनश्याम भुसालले गरे उपाध्यक्षमा उठ्ने घोषणा



चितवन, ११ मंसिर । नेकपा (एमाले) का उपमाहासचिव घनश्याम भूसालले आफू पार्टीको १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदावरीको घोषणा गरेका छन् ।

उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्