काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता दुर्गा प्रसाईले आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको साथ छोडेले अब कुनै सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । पार्टीको १०औं महाधिवेशनको क्रममा चितवनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईले यस्तो बताएका हुन् ।
उनले आफूले प्रचण्डलाई गद्दार भनेर छोडेको भन्दै अब कुनैपनि हालतमा सहकार्यको नहुने घोषणा गरे । उनले प्रचण्डले १७ जना जनताले आहुति दिएर प्राप्त गरेको परिवर्तन र जनयुद्धलाई कांग्रेसको पाहुमा लगेर बुझाएको पनि आरोप लगाए ।
उनले एमालेबाहेक अरु सबै कम्युनिष्ट पार्टीमा गद्दार भएको पनि टिप्पणी गरे । उनले बाबुराम भट्टराई मधेशवादाी दलको पार्टीको संयोजक हुनु नै थियो भने किन जनयुद्ध गरेको भनेर प्रश्नपनि गरे ।