काठमाडौं, १२ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशनको आज तेस्रो दिन । बन्दसत्र जारी छ । बन्दसत्रको हलले पदाधिकारीसहित केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गर्नको लागि अध्यक्ष केपी शर्मा ओलीलाई म्याण्डेट दिएको छ ।
तर, अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरिसकेका भीम रावलले भने आपत्ति जनाएका छन् । उनले यसरी पार्टी चल्न नसक्ने भन्दै कडा आपत्ति जनाएका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा त रावलले आफूले जित्ने रहेछु कि जस्तो लाग्न थालेको पनि टिप्पणी गरेका थिए ।
उनले होईन भने आफूसँग प्रतिष्पर्धा गर्न किन डराएको भनेर अध्यक्ष ओलीलाई प्रश्नपनि सोधेका छन् । अहिले अध्यक्ष ओली नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमालसँग सूची तयार पार्न छलफलमा व्यस्त छन् । तर, उता भीम रावल पनि आफूनिकट नेताहरुसँग छुट्टै छलफलमा जुटेका छन् ।
उनले आफू कुनैपनि हालतमा अध्यक्षको उम्मेद्धवारीबाट ब्याक नहुने बताईसकेका छन् । महाधिवेशन प्रतिनिधिहरुले गर्ने फैसलालाई मात्रै आफूले मान्ने उनको भनाई रहँदै आएको छ । तर, उनलाई उम्मेद्धवारी नदिन नेताहरु र बन्दसत्रको हलबाट दबाब आईरहेको छ । file photo