सौराहा, १२ मंसिर । नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरूङले पार्टीको १०औं महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली बसेको होटेल सफारीमा प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता गुरुङले यस्तो बताएका हुन् । उनले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् ।
एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जसकारण नेतृत्व निकै ठूलो दबाबमा छ ।
‘सहमतिको प्रयास भइरहेको छ । आजको आवश्यकता पार्टी एकता हो । सहमतिको आवश्यकता हो । लोकतान्त्रिक अधिकार प्रयोग गरेर उहाँलाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको प्रस्ताव ल्याउनुस् भनेर हलले जिम्मेवारी दिएको छ । कोठामा बसेर एक्लै घोषणा गर्ने त होइन । सानामसिना कुरा होइन । धेरै ठूलो र गम्भीर कुरा छ । त्यसैले महाधिवेशन लम्बिन पनि सक्छ,’ गुरुङले भने ।
https://www.facebook.com/primetimestvnepal/videos/606122637505485