Logo

जीप दुर्घटनामा जनप्रतिनिधिसहित चार जनाको मृत्यु, तीन जना घाइते



म्याग्दी, मंसिर १४ । म्याग्दीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरे । गौमाया रघुगंगा गाउँपालिका–१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।

दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । घाईतेहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल उपचार भईरहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्