Logo

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै



काठमाडौं, मंसिर १४ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थानुसार आज उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित रहने भएको छ । एमालेको मङ्सिर १० गतेदेखि चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण सहभागी नहुने भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताएका छन् । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भए पनि बैठक अगाडि बढ्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्