Logo

नयाँ भेरियन्ट आमिक्रोन ‘चिन्ताको विषय’ भएपनि डराइहाल्नु पर्ने अवस्था छैन : वाइडेन



एजेन्सी, १४ मङ्सिर। अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनसँग डराइहाल्नु पर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ भेरियन्ट ‘चिन्ताको विषय’ भएपनि डराउनु पर्ने कारण नभएको स्पष्ट पारेका हुन् ।

उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन समेत आग्रह गर्दै भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम एनबीसीले लेखेको छ,‘यदि तपाईंले खोप लगाइसक्नु भएको छ र नयाँ भेरियन्टका कारण चिन्तित हुनुहुन्छ भने बुस्टर डोज लगाउनुहोस्’, बाइडेनले थपे, ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था पनि नआउने स्पष्ट पारे । मास्क प्रयोग गर्ने पुरानो शैलीमा फर्कन समेत उनले सुझाब दिएका छन्। नयाँ भेरियन्टविरुद्ध विद्यमान खोप र बुस्टर डोजले काम गर्न सक्ने संभावना रहेको भनेर प्रमुख मेडिकल सल्लाहकार एन्थोनी फाउचीले बताएको पनि उनले सुनाएको न्यूज एजेन्सी एनबीसीमा उल्लेख छ । नयाँ भेरियन्टसँग वैज्ञानिक कदम चालेर जुध्ने पनि उनको भनाइ थियो । उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम एनबीसीले लेखेको छ,‘- ‘भद्रगोल र अलमलको साटो वैज्ञानिक एवं ज्ञानयुक्त कार्य र गतिका साथ यो भेरियन्टसँग लड्ने छौं ।’ बाइडेनले लकडाउन वा थप यात्रा प्रतिबन्ध नलगाइकनै ओमिक्रोनलाई नियन्त्रण गर्ने अवस्थामा अमेरिका रहेको दावी गरे ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्