Logo

ओमिक्रोनविरुद्धको खोप २०२२ को सुरुमै तयार हुने



एजेन्सी, १४ मङ्सिर। कोभिड-१९ विरुद्ध खोप बनाएको औषधि कम्पनी मोडर्नाले ओमिक्रोनविरुद्धको खोप सन् २०२२ को सुरुवातमै तयार हुने दाबी गरेको छ। यदि नयाँ भेरियन्टविरुद्ध लड्न खोप आवश्यक परेमा आफूहरु तयार रहेको मोडर्नाले बताएको हो।

मोडर्नाका प्रमुख मेडिकल अफिसर डा. पल बुर्टोनले बीबीसीसँगको अन्र्तवार्तामा भनेका छन्, ‘यदि ओमिक्रोनविरुद्धको खोप आवश्यक परेमा हामीले सन् २०२२ को सुरुवातमै तयार गर्न सक्छौं।’

केही दिनअघि दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला पारेका थिए। दक्षिण अफ्रिकामा फेला परेको सो भेरियन्ट विश्वका विभिन्न मुलुकमा फैलिएको बताइएको छ।

सो भेरियन्ट फैलिएको भन्दै विभिन्न युरोपेली मुलुक, अमेरिका, इजरायललगायत मुलुकहरुले विदेशीहरुलाई आफ्नो देश प्रवेशमा रोकसमेत लगाइसकेका छन्। जापानले सोमबारदेखि आगामी १ महिनासम्मको लागि सबै विदेशी पर्यटकहरुलाई आफ्नो मुलुकमा प्रवेश रोकको घोषणा गरेको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्