काठमाडौं, १५ मंसिर । नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले १८२४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डा. भीम रावलले २२३ मत प्राप्त गरेका छन् ।
कुल खसेको २०९६ मतमध्ये रावलले प्राप्त गरेको मत १०.६८ प्रतिशत हो । कुल २१५३ प्रतिनिधिहरुमध्ये २०९६ मत खसेको थियो ।
रावल हार जान्दा जान्दै प्रतिष्पर्धामा उत्रिएका थिए । उनले चुनाव गर्न सकेकोमा खुशी व्यक्त गरे । रावलले चुनावमा पराजित भएकाले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा समेत गरेका छन् ।