Logo

समाजसेवी राणा दम्पत्तिद्वारा नेपाल स्नेही काखलाई न्यानो कपडा प्रदान (फोटोफिचर)



काठमाडौं, १७ मंसिर । समाजसेवी मीरा राणा र उनका पति वरदान शमशेर राणाले नेपाल स्नेही काखलाई न्यानो कपडा प्रदान गरेका छन् । आफ्नो स्वर्गीय आमाको जन्मजयन्तीको अवसरमा राणा दम्पत्तिले हिजो नेपाल स्नेही काखमा पुगेर न्यानो कपडा वितरण गरेका हुन् ।

राणाले फेशबुकमा तस्विर सार्वजनिक गर्दै यस्तो जनाएकी छिन् । उनले लेखेकी छिन्–‘आज हाम्रो ९स्वर्गीय० ममतामयी मुवा हजुरको जन्मजयन्ती । यस जन्मजयन्तीको अवसरमा मुवा हजुर यहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं । हजुरले देखाउनुभएको पथमा हामी निरन्तर अघि बढिरहेका छौं । साथै, यहाँको माया, स्नेह र आर्शिवाद सधैं हामीलाई अपरिहार्य छ ।’



प्रतिक्रिया दिनुहोस्